News Portal

  • अपडेटसहितको ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८१
    १८ पटक
    २४ असोज, २०८१

    काठमाडौं । दसैँ, तिहार र चाडवाडलक्षित गरी महालक्ष्मी विकास बैंकले सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

    ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको हो । डिजिटल बैंकिङ सेवाहरूको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागत रूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।

    रियल टाइममा नै आठ लाखसम्म मद्धती धितो कर्जाको सुविधा रहेको बैंकले जनाएको छ । अनलाइनमार्फत नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्नसक्ने सुविधा छ ।

    त्यसैगरी आफूले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने सुविधा रहेको पनि बताइएको छ । ग्रााहकले स्वयम्ले आफू कर्जाको लागि योग्यहुन सक्ने वानसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा, एप्लिकेसनमार्फत नै कर्जाको आवेदन दिनसक्ने सुविधा छ ।

    महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्