आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
२३ असोज, २०८१काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयर प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकेटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट सम्वन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।