काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आथिृक वर्ष २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्न नियमावलीको नियम २८ (१) (ग) सोहीबमोजिम संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।