News Portal

  • एनआईसी क्यापिटलको वार्षिक साधारणसभा भदौमा

    आर्थिकसंसार संवाददाता२८ साउन, २०७७
    ५३२ पटक
    २८ साउन, २०७७

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले भदौ १८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा विहान ९ बजे एनआइसी एशिया क्यापीटल रजिष्ट्रर कार्यालय थापाथलीमा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६\०७७ को कमाईबाट १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
    उक्त साधारणसभाले अनुमोदन गरेपछि लाभांश रकम एनआईसी एशिया बैंकले पाउनेछ । अहिले क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । एनआईसी एशिया बैंकको शतप्रतिशत स्वामित्व रहेको क्यापिटलले बितरण गर्ने नगद लाभांश एनआईसी एशिया बैंकको आम्दानीमा गणना हुनेछ ।

    प्रतिकृया दिनुहोस्