News Portal

  • लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८१
    १२ पटक
    १८ असोज, २०८१

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झाैता भएकाे छ ।

    सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभ उपलब्ध गराउनु हो।

    यस सम्झौताअनुसार ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहक, कर्मचारी, एजेन्ट र उनीहरूका परिवारका सदस्यलाई वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेजमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

    के के छन् छुटहरू?

    प्याथोलोजी/ल्याब परीक्षणहरूमा २०%

    एक्स-रे, ईसीजीमा २५%

    साना शल्यक्रियात्मक प्रक्रियामा १५%

    फिजियोथेरापीमा २५%

    यूएसजी/इको/टिएमटी/पीएफटी तथा बीएमडीमा १०%

    दन्त चिकित्सा सेवाहरूमा २०%

    प्रतिकृया दिनुहोस्