News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    आर्थीकसंसार संवाददाता१७ असोज, २०८१
    १८ पटक
    १७ असोज, २०८१

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो ।

    बैंकका अनुसार असोज २४ गते बौद्ध, बुटवल, बिरगन्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, बिराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ ।

    यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्