News Portal

  • माछापुच्छ्रे बैंकले एकैदिन ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    आर्थिकसंसार संवाददाता२५ मंसिर, २०७७
    २१०३ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज नपा–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी नपा–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गापा–६, हुटी र जिल्लाकै मलिकार्जुन गापा–६, उकुमा थप ६ शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बंैकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
    देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बंैकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुतmानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ । बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।
    बंैकले पूर्वमाझापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०० वटा एटीएमहरुमार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्