News Portal

  • ग्लोबल बैंकद्वारा बारपाकका कृषकलाई कर्जा दिने

    आर्थिकसंसार संवाददाता२५ मंसिर, २०७७
    १६७४ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बारपाकका कृषकलाई कृषि तथा पशुपालन कर्जा दिने भएको छ । सोसम्बन्धी बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
    समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदीप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
    समझदारीअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकहरुलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बैंकले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ ।
    मुलुकको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्