News Portal

  • प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच विशेष छुट सम्झौता

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८१
    ७६ पटक
    १४ असोज, २०८१

    चितवन । भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेडबीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिति २०८१–०६–१३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
    सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने भएका छन् । सिओएमएसमा उपचार गर्दा औÈधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउने छन् । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । तर, यो सुविधा प्राप्त गर्नको लागि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।
    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई “बिश्वास लिन्छौं विश्वास दिन्छौं” भन्ने मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंक जनाएको छ ।

    प्रतिकृया दिनुहोस्