News Portal

  • आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७७
    २७०५ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
    मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयअनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भएपश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार Standard Operating Procedure  (SOP) पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।
    जसअन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १०० ०F भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ र हात सेनिटाईज गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आप्mनो यात्रा तय गर्नु पर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् ।
    त्यसैगरी, आप्mनो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजे देखि सांझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पौष ३ गते शुक्रबार देखि सञ्चालनमा आउने व्यहोरा समेत जानकारी गराउंदछौं । साथै माता मनकामना मन्दिर आउंदो मिति २०७७ मंसीर २८ गते आइतबार देखि नै खुल्ने जानकारी यस प्रा. लि. लाई मनकामना क्षेत्र विकास समितिले गराएको छ ।
    विगतमा झंै आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले देखाउनु भएको साथ र सद्भावको समेत मनकामना केबुलकारले अपेक्षा गरेको कुरा राजेशबाबु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्