News Portal

  • युनियन लाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७७
    २७७७ पटक
    २४ मंसिर, २०७७

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सोलुखुम्बुको सल्लेरीमा एकदिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रमको सभापतित्व गर्दै प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखे । यस वर्ष डबल एमडीआरटी बन्न भएका मदन मगरातीले लगनशीलताले मानिसलाई सफल बनाउने भन्दै बीमाबारे सचेतना आजको आवश्यकता रहेको बताए । त्यसैगरी कार्यक्रममा सल्लेरी शाखाका एजेन्सी म्यानेजर, पुराना तथा अभिकर्ताको उपस्थिति रहेको थियो । त्यसक्रममा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्