News Portal

  • सिटिजन्स बैंकद्वारा बाढी-पहिरो पीडितका लागि २५ लाख सहयाेग

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    ६९ पटक
    १३ असोज, २०८१

    काठमाडौं । सिटिजन्स बैंकले बाढी-पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेकाे छ ।

    विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरूमा ठूलो धनजनको क्षति भएको छ ।

    सहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले २५ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरे ।

    समाहरोमा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका सीईओ गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

    बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभका लागि कामनासमेत गरेको छ ।

    यस घटनाबाट प्रभावित सम्पूर्ण जनहरूप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

    सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप १ करोड रुपैयाँ प्रदान गरेको थियो ।

    यसैगरी, जाजरकाेटकाे भूकम्पबाट पीडितहरूकाे उद्धार तथा राहतका लागि बैंकले २५ लाख रुपैयाँ सहयाेग गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्