News Portal

  • एभरेष्ट बैंकद्वारा जोन्टा क्लबलाई चेक हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७७
    १५०८ पटक
    २४ मंसिर, २०७७

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्यरुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलपूmल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष–निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
    एभरेष्ट बैंकले हालै आफ्नो ग्राहक संख्या ११ लाखभन्दा अधिक वृद्धि गरेको छ भने बैंकले व्यवसायिक रुपमा सजिलो बैंकिङ सेवा विस्तार गरेको छ ।

    प्रतिकृया दिनुहोस्