News Portal

  • सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १४ पटक
    ११ असोज, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् ।

    विसं २०६४ सालमा बैंकको आरम्भदेखि नै अधिकारी सिटिजन्स बैंकमा आबद्ध रहेका छन् ।

    उनले प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाइसकेका छन् ।

    हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्