News Portal

  • आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    ५५ पटक
    १० असोज, २०८१

    काठमाडौं । आगन्तुक रिसोर्टमा नेपाल एसबिआई बैंकका ग्राहकलाई छुट हुने भएको छ ।

    बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंटा र आगन्तुक रिसोर्टका वरिष्ट प्रबन्धक (बजार तथा बिक्री) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्