News Portal

  • आईपीओ निष्काशन अनुमति माग्दै नेपाल पूर्वाधार बैैंक बोर्डमा

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १३५७ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । देशकै ठूलो नेपाल पूर्वाधार बैंक आठ करोड कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ ।
    बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीले दुई करोड कित्ता आईपिओ निष्काशन गरेको भए पनि सोको तुलनामा चार गुणा ठूलो आईपीओ आउन लागेको हो ।
    हाल नेपाल पूर्वाधार बैंकको चु्क्ता पुँजी कुल १२ अर्ब छ । आईपीओ जारी गरेपछि बैंकको कुल चुक्ता पुँजी २० अर्ब पुग्ने छ । बैंकले विकास पूर्वाधारमा मात्रै लगानी गर्न पाउनेछ । पूर्वाधार विकासको लागि नेपाल सरकार, बैंक वित्तीय संस्था तथा विभिन्न औद्योगिक घरानाले स्थापना गरेको बैंक देशको सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो ।

    प्रतिकृया दिनुहोस्