आर्थीकसंसार संवाददाता८ असोज, २०८१
८ असोज, २०८१काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।