News Portal

  • नेपाल एसबिआई बैंकले लेकाली बसीफाँट माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामाग्री

    आर्थीकसंसार संवाददाता७ असोज, २०८१
    १९४ पटक
    ७ असोज, २०८१

    काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ ।

    बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

    कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

    सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्