News Portal

  • माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा अफरैअफर

    आर्थीकसंसार संवाददाता४ असोज, २०८१
    २८ पटक
    ४ असोज, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४ औं वार्षिकोत्सव तथा आउँदै गरेका दशैंतिहार र छठलाई लक्षित गरी विशेष याेजना सार्वजनिक गरेकाे छ ।

    बैंक असोज १७ गते बाट २४ औं वर्ष पार गरी २५ औं वर्षमा प्रवेश गर्दैछ । बैंकले वार्षिकाेत्सवकाे अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफर ल्याएको हाे ।

    बैंककाे मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत विभिन्न अफरहरू लिन सकिने माछापुच्छ्रे बैंकले जनाएकाे छ ।

    असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना छ । बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिने बैंकले जनाएकाे छ ।

    बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

    बैंकको २४ औं वार्षिकोत्सवलक्षित योजनाअन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न व्यापारीहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

    बैंकले असोज १ देखि १८ गते सम्मका लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्द्धनकाे लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकको लागि क्विज कार्यक्रम सञ्चालन पनि गर्नेछ । उक्त क्विज कार्यक्रममा सही उत्तर दिने सहभागीहरूले आर्कषक उपहार पाउन सक्ने बैंकले जनाएकाे छ ।

    बैंकबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने व्यापारीहरूका लागि बैंकले टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्ज कार्ड तथा आकर्षक गिफ्ट भौचरहरू पनि प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्