News Portal

  • लुम्बिनी विकास बैंकको गत आर्थिक वर्षको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७७
    १६५३ पटक
    २३ मंसिर, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    बैंकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित कूल लाभांश कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    सो प्रस्ताव मंसिर २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सो प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश (५ प्रतिशत बोनस र १५ प्रतिशत नगद) वितरण गरेको थियो । बैंकको कूल लाभांश घटे पनि बोनसदर भने अघिल्लो आवको भन्दा २ प्रतिशत बढी हो ।

    प्रतिकृया दिनुहोस्