News Portal

  • आईसीएफसी फाइनान्सद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७७
    १९९६ पटक
    २२ मंसिर, २०७७

    काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र ४.५० प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल संस्थाको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ । १४.५० प्रतिशत बोनसपश्चात फाइनान्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ८ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट संस्थाले ८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्