News Portal

  • कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २१ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ४.५१ प्रतिशत प्रदान गर्नेछ । यसअघ भदौमा ५.०६ प्रतिशत ब्याजदर तोकेको थियो ।

    असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत छ भने स्प्रेडदर ३.८७ प्रतिशत छ । यसअघि भदौमा आधार दर ८.८९ प्रतिशत थियो ।

    प्रतिकृया दिनुहोस्