News Portal

  • सिद्धार्थ बैंकमा कर्जाको ब्याजदर घट्यो, निक्षेपमा स्थिर

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २० पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर भदौको नै कायम राखेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोहस् ब्याजदर प्रदान गरेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ ।

    बैंकको कर्जाको ब्याजदर पनि घटेको छ । यसअघि ८.२० प्रतिशत रहेको बैंकको आधारदर ७.९३ प्रतिशतमा झरेको छ । आधार दरमा बैंकले ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

    प्रतिकृया दिनुहोस्