News Portal

  • ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर, कर्जामा कति ?

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    १६ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि भदौमा पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

    कर्जातर्फ भने बैंकले आधारदरमा ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

    प्रतिकृया दिनुहोस्