News Portal

  • एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्रि प्रिमियर होटलमा ३५% सम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    १९ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरु तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर बुढानिलकन्ठ होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहक महानुभावहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको छ ।

    उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एशिया बैंक र बुढानीलकन्ठ होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहक महानुभावहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नुहुनेछ भने स्पा सेवामा भिसा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा क्रेडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्नेछन् । उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस्