News Portal

  • इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा पाण्डेलाई पराजित गर्दै बराल निर्वाचित

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
    ४० पटक
    ३० भदौ, २०८१

    काठमाडाैं । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गरेका हुन् ।

    उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्