News Portal

  • कुमारी बैंकले गर्‍यो १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
    ४२ पटक
    ३० भदौ, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

    भरतपुर महानगरपालिका- २, चितवन निवासी सुस्मा श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमावापतको १० लाख रकम हस्तान्तरण गरिएको हाे ।

    उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जीआईसी इन्स्योरेनस लिमिटेडबाट बीमा दावी रकम प्राप्त भएपश्चात कुमारी बैंक लिमिटेडमार्फत सो रकम भुक्तानी गरिएको थियो ।

    कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

    सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमालगायत अन्य सुविधा दिँदै आएकाे छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्