News Portal

  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर एकान्तकुनाको यातायात कार्यालयमा

    आर्थीकसंसार संवाददाता
    १७५० पटक

    काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरको एकान्तकुनामा सञ्चालनमा ल्याएको छ । बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
    योसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन् ।
    करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित)मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्