News Portal

  • आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७७
    २२३० पटक
    २२ मंसिर, २०७७

    काठमाडौं । आरएमडीसी लघुवित्तले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २२ गते सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो ।
    योसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पाउने भएका हुन् ।
    यस लघुवित्त वित्तीय संस्थाको सभा मंसिर २२ गते सोमवार भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनसहित आव २०७६/७७ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । प्रस्तुत विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।

    प्रतिकृया दिनुहोस्