News Portal

  • जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन हुने

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    १८३७ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २३ गतेदेखि २५ गतेसम्म आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।
    तालिममा सहभागी हुन चाहनेहरुले मंसिर २२ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । तालिममा इच्छुक आवेदकले ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने सूचनमा उल्लेख गरेको छ ।
    शैक्षिक योग्यता एसएलसी उत्तीर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो तीन प्रतिको साथमा आवेदन दिन आह्वान गरिएको छ । कम्पनीले उक्त तालिम अनलाइनमार्फत हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्