News Portal

  • प्रभु बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    १७३४ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १०.५२६३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    बैंकको बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
    बैंक सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।
    बैंकले आर्थिक वर्षको नाफाबाट १६.८४ प्रतिशत लाभांश (१६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद) वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्