News Portal

  • कुमारी बैंकको प्रशिक्षण गर्ने कायक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ३५० पटक
    २५ भदौ, २०८१

    काठमाडौं । युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।

    वित्तिय ज्ञान, सिप, मनोवृद्ध तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा वित्तिय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

    स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता बिकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्