
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
सो सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापश्चात माछापुच्छ्रे बैंकका व्यावसायीक ग्राहकहरुले (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एपमार्फत बैंकमा नगई जहाँ कहीँबाट आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वानन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिने छन् । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा “corporate PAY” दुवैतर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाइएको हुँदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने छन् ।
माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस कर्पोरेट–पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले विश्वास लिएको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।