News Portal

  • नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सुर्योदय भयोः अध्यक्ष गोल्छा

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७७
    १५६३ पटक
    २० मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेको जनाएका हुन् ।
    नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधानले आ–आफ्नै प्यानल बनाएर अगाडि देखिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएका थिए भने जिल्ला नगरमा प्रधान पक्षका दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा ढकाल पक्षका रामचन्द्र संघाई र वस्तुगतर्फ प्रधान पक्षका अञ्जन श्रेष्ठ विजयी भएका थिए ।
    यस्तै, निर्वाचनको पछिल्लो दिन कोषाध्यक्ष पदको लागि दुबै पक्षले आ–आफ्नो उम्मेदवार उठाएका थिए । जसमा गोल्छाको साथ रहेको प्रधान पक्षका सकुन्तलाल हिराचन विजयी भएका थिए भने उनका प्रतिस्पर्धी अर्थात ढकाल पक्षका डीबी बस्नेत पराजित भएका थिए ।
    निर्वाचनपछि धेरैले महासंघमा एक पक्षले अर्काे पक्षलाई साथ दिन नसक्ने भन्ने प्रक्षेपण गर्दै आएका थिए । तर, महासंघ अब एक ढिक्का भएर अगाडि बढ्ने अनुमान गोल्छाले ट्वीटमार्फत आफ्नो विचार सार्वजनिक गरेपश्चात सजिलै थाहा पाउन सकिन्छ । अध्यक्ष गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेको जनाएका हुन् ।
    गोल्छाले लेखेका छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ सूर्योदय भएको छ, नवनिर्वाचित पदाधिकारीहरुको सहकार्यको प्रतिवद्धता छ ।’ अध्यक्ष गोल्छाले चन्द्रागिरी हिल्सबाट आपूmसहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्षहरुको सामुहिक तस्वीर पोष्ट गर्दै सो कुरा उल्लेख गरेका छन् ।
    गोल्छाले चन्द्रागिरी हिल्समा नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी पनि दिएका छन् । महासंघका नवनिर्वाचित कार्यसमिति हिजोदेखि चन्द्रागिरीमा छ । उनीहरुले हिजो चन्द्रगिरीमा गुड फ्राइडे मनाएर आज अध्यक्ष गोल्छाले आफ्नो भिजन पनि प्रस्तुत गरेका छन् । सो भिजन पेपरमाथि सबैको समर्थन रहेको जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्