News Portal

  • बैंक अफ काठमाण्डूको मुनाफा ४२ करोडले घट्यो

    आर्थिकसंसार संवाददाता२८ साउन, २०७७
    ३८५ पटक
    २८ साउन, २०७७

    काठमाडौं । नेपालको पुरानो बैंकमध्येको एक बैंक अफ काठमाण्डूको गत असार मसान्तसम्मको मुनाफा अघिल्लो वर्षको तुलनामा ४२ करोड रुपैयाँ घटेको छ । कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानीमा भएको उच्च गिरावटको कारण मुनाफा घटेको हो । गत तेस्रो त्रैमासम्ममा राम्रै रहेको बैंकको मुनाफा असार मसान्तसम्म आईपुग्दा २२ प्रतिशतले घटेको हो ।
    आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा एक अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिको गत आवमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँमा सीमित हुन पुगेको आज प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । बैंकको मुनाफा घटेसँगै वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ । अघिल्लो आवमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको बैंकले गत ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।
    बैंकको ब्याज आम्दानी १९ प्रतिशतले घटेर ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । सो बैंकमा सर्वसाधारणको ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप जम्मा छ भने बैंकबाट ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंक अफ काठमाडुको निष्क्रिय कर्जामा बृद्धि भएको छ । गत वर्ष १.५४ प्रतिशत रहेकोमा यस वर्ष बढेर २.३५ प्रतिशत पुगेको छ ।
    बैंक अफ काठमाडौंको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ । अघिल्लो वर्ष २३ रुपैयाँ ५३ पैसा थियो । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १२.६९ गुणा छ भने प्रतिशेयर खुद सम्पत्ती मूल्य १६७ रुपैयाँ ४४ पैसा छ । सो बैंकको जगेडा कोषमा चार अर्ब ८० करोड रुपैयाँ संचित छ भने शेयरधनी कोषमा ९५ करोड रुपैयाँ जम्मा गरेको छ ।

    प्रतिकृया दिनुहोस्