News Portal

  • एनआईसी एशियाले गैरबैंकिङ सम्पत्ति बेच्न खोल्यो वेबसाइट

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८१
    ३४८ पटक
    १५ भदौ, २०८१

    काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने छ ।

    ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवम् उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।

    ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्