News Portal

  • सिटिजन्स बैंकद्वारा ११ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७७
    १३८३ पटक
    २० मंसिर, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रस्तावित ११ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २० गते सम्पन्न बैंकको ४औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    बैैंकको बसेको सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) गरी ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७/७७ सम्मको बैंकको संचित मुनाफाबाट सो मात्राको लाभांश पाउने छन् ।
    सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७६/७७ सम्ममा ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिभित्र १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्