News Portal

  • नबिल बैंकले साना तथा मझौला उद्यमीलाई धितोरहित कर्जा दिने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    २८५६ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । नाबिल बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितोरहित कर्जा प्र्रदान गर्ने भएको छ । बैंकले वान टु वाच कम्पनीको सहकार्यमा ‘कोभिड–१९ एमएसएमई कोष नेपाल’ अन्तर्गत यसरी कर्र्जा दिने बैंकले जनाएको छ ।
    कोरोनाबाट प्रभावित उद्यमी तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएकालाई धितोरहित र ब्याज मुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ । पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्ने जनाइएको छ । यसरी लिएको कर्जाको ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्