News Portal

  • कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८१
    ३३६ पटक
    १२ भदौ, २०८१

    काठमाडौं । कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेससम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाबाट बैंकका सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

    बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्