News Portal

  • आइएमई लाईफको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमात्यलाई

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८१
    ३६ पटक
    ९ भदौ, २०८१

    काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश अमात्यले पाएका छन् । आइएमई लाइफमा गत साउनबाट अमात्य नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

    नायब प्रमुख कार्यकारी अमात्यलाई कम्पनीको सञ्चालक समितिले अर्को निर्णय नहुँदासम्मका लागि निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

    प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल भदौ ६ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको हो । आइएमई लाईफमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर चार वर्षे कार्यकाल पुरा गर्ने उनी एक मात्र प्रमुख कार्यकारी हुन् ।

    यसअघि कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ  बैठकले थप चार वर्षका लागि फुयाँलको कार्यकाल समय थप गर्ने निर्णय गरेको थियो । उनको करार सम्झाैता नविकरणका लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति समेत दिई सकेको थियो । फुयाँलले व्यक्तिगत कारण देखाएर राजीनामा दिएर बाहिरिएका हुन् ।

    सञ्चालक समितिले केही दिन अघि मात्र नायब प्रमुख कार्यकारी अधिकृतमा आइएमई लिमिटेडका खिलेन्द्र पौडेललाई भित्र्याएको थियो । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएर आइएमई लाइफमा प्रवेश गरेका हुन्।

    प्रतिकृया दिनुहोस्