News Portal

  • रिलायन्स फाइनान्सले १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    २४१४ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई दुर्घटना बीमासहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । फाइनान्सले ल्याएको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ खोली कारोबार गरेका ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो ।
    फाइनान्सले सगरमाथा इन्स्योरेन्स कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको वीमा उपचार सुविधा उपलब्ध गराउने भएको हो । सो सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाइनान्सको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरी सम्झौतापत्र एकअर्कालाई हस्तान्तरण गरेका हुन् । संस्थाले आफ्नो ११औं वार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैरसरकारी तथा निजी कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलगायत सर्वसाधारणलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्