News Portal

  • एलआईसी नेपाल प्युठान शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८१
    ४३ पटक
    ९ भदौ, २०८१

    काठमाडौं । एलआईसी नेपाल प्युठान शाखाले मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेको छ। लुङग्री गाउँपालिका ०२ राल्पाकी स्व. कुमारी दमाईले २.५ बर्ष अगाडी अभिकर्ता बिष्णु नेपाली मार्फत ५ लाख बीमाङ्कको जीवन आनन्द बीमा गराएकी थिइन् ।

    उनले एक किस्ता वापत ४१ हजार ६७५ रुपैयाँ जम्मा गरेकोमा ३ बर्ष नपुग्दै निजको असामहिक निधन भएको थियो । कम्पनी सो वापत निजको घरमै पुगेर प्युठान शाखाका शाखा प्रमुख चन्द्र पनेरुले मृतक परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा अभिकर्ता तथा एजेन्सी म्यानेजर बिष्णु नेपाली र दामोदर नेपाली लगायत निज मृतकका आफन्तहरुको उपस्थितिमा शाखा प्रमुख पनेरुले मृतकका श्रीमान प्रेम ब. दमाईलाई ५ लाख ८२ हजार ५०० मृत्युदाबीको चेक हस्तान्तरण गरे ।
    प्रतिकृया दिनुहोस्