News Portal

  • समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोस्रो बार्षिकोत्सब

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८१
    ७७ पटक
    ६ भदौ, २०८१

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी जनकपुर शाखा कार्यालयले भदौ ५ गते दोस्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमर कुमार चौधरीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ र सहयोगको अपेक्षा राखेको बताए

    नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्धिजिवीको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ ।
    प्रतिकृया दिनुहोस्