News Portal

  • पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स शीर्ष स्थानमा

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०८३
    २५ पटक
    १७ कार्तिक, २०८३

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले सहजै पराजित गरेको छ ।

    पोखराले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर सजिलै पूरा गर्यो ।

    अविजित रहेका निरोश डिक्वेलाले २७ रन जिते । यी दुईले ७७ रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । ओपनर डार्सी सर्टले १३ रन बनाए ।

    पोखराका लागि विपिन खत्रीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन मात्रै जेड्न सक्यो ।

    प्रतियोगितामा खेलेका तीन खेलमध्ये दुईमा जित हात पारेको लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । तीन खेलबाट पाँच अंक जोड्दै लुम्बिनीले तालिकाको शीर्ष स्थान आफ्नो कब्जामा जमाउन सफल भएको हो ।

     

    प्रतिकृया दिनुहोस्