आर्थीकसंसार संवाददाता६ भदौ, २०८१
६ भदौ, २०८१काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागुहुने थप सर्तहरु बारे इसेवाको वोबसाईट÷एप मार्फत जानकारी लिन सकिनेछ ।