News Portal

  • धन्सार डटकमको शुभारम्भ

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    २४९७ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।
    आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । उहाँले यस्तो पोर्टल नेपालमा आजसम्म थिएन । यो अति नै आवश्यक र उपयोगी भएको थियो । यो पर्यटनसँग पनि असाध्यै सम्बन्धित र जोडिएको विषय हो । नेपाल चिनाउनु छ भने सबै ठाउँमा बोर्ड मात्रै एक्लै पुग्दैन त्यसको लागि यस्तै माध्यमको आवश्यकता रहेको छ ।
    उक्त धन्सारले त्यस्तो ठाउँमा काम गर्छ भन्ने मेरो विश्वास छ । आगामी दिनमा सहकार्य गरी अघि बढ्न चाहन्छौं । धन्सारको माध्यमबाट नेपाललाई संसारभर चिनाउन सफल हुन्छ भन्ने पूर्ण आशा छ । नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने र पुर्याउने उपयुक्त माध्यम भएको बताउनुभयो । कला, संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उहाँले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
    धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताउनुभयो । डेढ वर्षअघिको योजना विदेशीले यस्ता वस्तु स्टक गर्न हामीलाई प्रपोज गर्यो तर यो काम हामी आफैले किन नगर्ने ? भन्ने सोचेर हामिले यो स्थापना गर्न सफल भयौं । नेपालमै पहिलो पटक यस्तो गरेका हौं ।
    हामी सबैले यसमा सहकार्य गरौं । नेपाललाई देशविदेशमा चिनाउन हातेमालो गरौं । फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् ।
    धन्सारमार्फत आकर्षक तस्बीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्बीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ ।
    धन्सारमार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आपैm तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ । धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्