आर्थीकसंसार संवाददाता२ भदौ, २०८१
२ भदौ, २०८१काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय–समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ ।