News Portal

  • घटाएर सार्वजनिक गर्याे नेपाल बैंकले ब्याजदर

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ४९ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले भदौमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८८ प्रतिशत रहेकोमा घटेर ७.८७ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर भने ३.९५ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्