News Portal

  • तीन महिनादेखि स्थिर राख्यो नबिल बैंकले ब्याजदर

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ७९ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । नबिल बैंकले तीन महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले असारदेखि हालसम्म ब्याजदर स्थिर राखेको हो । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर पनि स्थिर राखेको हो ।

    बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि जेठमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो । जेठयता बैंकले मुद्दति निक्षेपमा ब्याजदर परिमार्जन गरेको छैन ।

    साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले साउनमा पनि सोही ब्याजदर तोकेको थियो ।

    बैंकको आधारदर ७.६३ प्रतिशत छ भने प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ । पछिल्लो तीन महिनको औसत आधार दरमा परिवर्तनको आधारमा प्रत्येक महिनाको पहिलो दिनदेखि लागू हुने कर्जाको ब्याजदर स्वतः परिमार्जन हुने बैंकको भनाइ छ । साथै कन्सोर्टियम ऋणको ब्याज दरहरू कन्सोर्टियम बैठकहरूले निर्णय गरेबमोजिम हुनेछ । बैंकले पेनाल ब्याज २ प्रतिशत तोकेको छ ।

    प्रतिकृया दिनुहोस्