News Portal

  • हिमालयन बैंकले ०.५० प्रतिशत घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ५२ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा सोही ब्याजदर तोकेको थियो ।

    प्रतिकृया दिनुहोस्